images
images
  • एमाले महाधिवेशन मुखैमा भण्डारीमाथि ओली आक्रमक, भीम रावलको हालत बनाइदिने धम्की

    काठमाडौं– विधान महाधिवेशन नजिकिँदै गर्दा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली इतर समूहप्रति आक्रामक बनेका छन् ।

    पूर्वराष्ट्रपति विद्या भण्डारीलाई उनले ‘अनुभवहीन’ र ‘लालगेडी’सम्म भन्दै प्रतिस्पर्धा गरे भीम रावलझैं पार्टीबाट निकालिनुपर्ने चेतावनी दिएका छन् ।

    काठमाडौं अध्यक्ष दीपक निरौलाले ओलीको ४८ बुँदे नोट सार्वजनिक गरेपछि आन्तरिक विवाद अझै चर्किएको छ ।

    उक्त नोटमा ओलीले भण्डारी मात्र होइन, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई समेत व्यंग्य गरेका छन् ।

    ओलीले सचिवालयमार्फत खण्डन वक्तव्य जारी गर्दै भण्डारीले मिथ्या आरोप लगाइरहेको दाबी गरे पनि विश्लेषकहरूले उनको वक्तव्य त्रास र सत्ता जोगाउने मनोविज्ञानको परिणाम भएको टिप्पणी गरेका छन् ।

    भीम रावलले भने ओलीको चेतावनीले उनको निरंकुश र सत्ता–लिप्सु चरित्र फेरि प्रमाणित भएको बताएका छन् ।

    उनले विधि र प्रणालीअनुसार प्रतिस्पर्धा गर्न खोज्दा आफूलाई पार्टीबाट निकालिएको उदाहरण दिएर ओली सत्तास्वार्थका लागि जस्तोसुकै मित्रमाथि पनि छुरी चलाउन तयार रहेको आरोप लगाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images