images
images
  • युक्रेनमा भयानक रूसी हवाई आक्रमण : ४ बालबालिकासहित २१ जनाको मृत्यु, इयुका भवनसमेत क्षतिग्रस्त

    काठमाडौं– रूसले युक्रेनको राजधानी किभमा भीषण हवाई आक्रमण गरेको छ ।

    जुन पूर्ण आक्रमण सुरु भएयता दोस्रो ठूलो हमला मानिएको छ ।

    सीएनएनका अनुसार बिहीबार भएको आक्रमणमा चार बालबालिकासहित कम्तीमा २१ जनाको ज्यान गएको छ ।

    युक्रेनको वायु सेनाले रातभरि देशभर ६२९ हवाई आक्रमण भएको जनाउँदै ५९८ ड्रोन र ३१ मिसाइल प्रयोग भएको जानकारी दिएको छ ।

    यसलाई जुन महिनापछि राजधानीमा भएको सबैभन्दा ठूलो हमला मानिएको छ ।

    किभको दक्षिणपूर्वी दार्नित्स्की जिल्लास्थित एक आवासीय भवनमा क्षेप्यास्त्र लाग्दा धेरैजना मारिएका हुन् ।

    साथै, युरोपेली संघ र ब्रिटिश काउन्सिलका भवनहरू पनि क्षतिग्रस्त भएका छन् ।

    ईयू र बेलायतले आफ्ना राजधानीमा रहेका रूसी कूटनीतिज्ञलाई स्पष्टीकरणका लागि बोलाएका छन् ।

    ईयू आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले यसलाई जुलाईयताकै सबैभन्दा घातक हमला बताउँदै रूसले निर्दोष नागरिकको हत्या गरिरहेको आरोप लगाइन् ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कडा जवाफ दिने चेतावनी दिंदै रूसमाथि थप प्रतिबन्ध आवश्यक भएको दोहो¥याए ।

    किभका मेयरले शोक दिवस घोषणा गरेका छन् ।

    बेलायती प्रधानमन्त्री केयर स्टार्मर, ईयूकी विदेश नीति प्रमुख काजा कालास, जर्मन चान्सलर फ्रिड्रिक मेर्जलगायत नेताहरूले आक्रमणको तीव्र निन्दा गरेका छन् ।

    अमेरिकाका विशेष दूत किथ केलोगले पनि यसले शान्ति प्रक्रियालाई खतरामा पारेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images