काठमाडौं– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र लोकतन्त्र स्थापनामा असफल भएको बताएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कमरेडले माओवादीमा लोकतन्त्र असफल पारेको शर्माले आरोप लगाए ।
बुटवलमा बिहीबार आयोजित अन्तक्र्रियामा उनले भने, ‘जयजयकार गर्ने मान्छे राख्ने नीतिले पार्टीलाई कमजोर बनाएको छ । जनशक्ति र क्षमता नेतृत्वमा नपुगेको शासनमा परिवर्तन पनि हुन सकेको छैन ।’
शर्माले सुशासन र पारदर्शिता भाषणमै सीमित रहेको टिप्पणी गर्दै ०६२÷०६३ को आन्दोलनको उपलब्धि जनताले उपभोग गर्न नसकेको प्रश्न उठाए ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र जनताको हुनुपथ्र्यो, तर कहाँ पुग्यौं ? किसानले मल, सिँचाइ र उचित मूल्य नपाएर सडकमा आन्दोलन गर्नुपरेको छ ।’
साथै, उनले संविधानको व्यवस्था जनताले उपभोग गर्न नसकेको र राजनीतिक पार्टीहरूले यी मुद्दामा स्पष्टता देखाउन नसकेको बताए ।























