images
images
  • रास्वपा रूपन्देही–३ मा ‘प्राइमरी इलेक्सन’मार्फत उम्मेदवार छनोट गर्दै, लोकतन्त्रको उन्नत अभ्यास

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ मा बिहीबारदेखि उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सन’ सुरु गरेको छ ।

    साधारणतया प्राथमिक निर्वाचन भनेको दलका स्थानीय सदस्यहरूले प्रत्यक्ष मतद्वारा उम्मेदवार चयन गर्ने प्रक्रिया हो ।

    तर, रास्वपामा यसपटक पनि अन्तिम निर्णय ‘माथिका नेताहरू’ गर्ने प्रावधान राखिएको छ ।

    कात्तिक १७ मा हुने उपनिर्वाचनका लागि अहिले ९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    सुलभ खरेल, पार्थिवेन्द्र उपाध्यक्ष, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल प्रतिस्पर्धी हुन् ।

    पार्टीले नो भोट विकल्प समेत राखेको छ ।

    जसले मतदातालाई कुनै पनि उम्मेदवार मन नपरेमा मतदान नगर्न अनुमति दिन्छ ।

    उम्मेदवार छनोटमा मतभार यसरी विभाजन गरिएको छ :

    क्षेत्रीय सदस्यहरूको मत ४० प्रतिशत

    स्थानीय नेताहरूको मत ५ प्रतिशत

    केन्द्रका नेताहरूको मत ५५ प्रतिशत (केन्द्रीय सदस्य ५ प्रतिशत, सचिवालय–निर्दिष्ट नेताहरू ५० प्रतिशत)

    उम्मेदवारको प्रस्तुती, योजना, पेशागत अनुभव, नेतृत्व क्षमता, नैतिकता र पार्टी मूल्य–मान्यताको आधारमा नेताहरूले मतदान गर्नेछन् ।

    समावेशीताअन्तर्गत महिला, दलित, आदिवासी, थारू,  मुस्लिम, मधेसी, पछाडि पारिएका क्षेत्र र अपांगता भएका उम्मेदवारले ५ प्रतिशत अतिरिक्त मत पाउनेछन् ।

    रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पार्टीको लिडरसिप एकेडेमी अहिले अभ्यासमा नभएकाले सदस्यहरूको मतभार सीमित गरिएको हो ।

    भविष्यमा लिडरसिप एकेडेमी सुरु भएपछि स्थानीय सदस्यहरूको मतभार ८५ प्रतिशत हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images