images
images
  • निजी विद्यालय सञ्चालकहरूले १८ भदौदेखि देशभरका निजी विद्यालय बन्द गर्ने चेतावनी

    काठमाडौं– विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका निजी विद्यालय सञ्चालकहरूले १८ भदौदेखि देशभरका निजी विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।

    निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले संयुक्त रूपमा चरणबद्ध आन्दोलन घोषणा गर्दै १८ भदौसम्म पनि माग सम्बोधन नभए अनिश्चितकालीन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

    विद्यालय शिक्षा विधेयकमा राखिएको ‘गैरनाफामूलक’ र ‘पूर्ण छात्रवृत्ति’सम्बन्धी प्रावधान हटाउनुपर्ने माग गर्दै निजी विद्यालय सञ्चालकहरूले गत केही सातादेखि आन्दोलन गर्दै आएका छन् ।

    पहिलो चरणको आन्दोलन आज (१२ भदौ) सकिएको छ भने दोस्रो चरणका कार्यक्रम सुरु भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images