images
images
  • जुवा खेल्ने र हेर्ने ६ महिलासहित २२ जना प्रहरी फन्दामा, १० लाखभन्दा बढी रकम बरामद

    नुवाकोट– प्रहरीले नुवाकोटमा रहेको एक होटलमा जुवा खेल्ने र हेर्ने २२ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ६ जना महिलासमेत रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीका अनुसार शिवपुरी गाउँपालिका–६, गर्जुस्थित बार्दली इन होटलमा कौडा खेल भइरहेको सूचना पाएपछि प्रहरीले सो स्थानमा छापा मारेको हो ।

    डीएसपी विक्रम लामाको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ परेका व्यक्तिहरूको साथबाट १० लाख ७१ हजार ६ सय रुपैयाँ बरामद गरेको छ ।

    एसपी रेग्मीका अनुसार पक्राउ परेकाबिरुद्ध अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले ७ दिनको हिरासत अनुमति प्रदान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images