images
images
  • चीनमा सी, पुटिन र किमसँगै देखिनु ओलीको सौभाग्य

    काठमाडौं– जापानी आक्रमणविरुद्धको विजयको ८०औँ वार्षिकोत्सवका अवसरमा चीनले पहिलो पटक सैन्य शक्ति प्रदर्शन गर्ने परेड आयोजना गर्दैछ ।

    भदौ १८ मा बेइजिङमा हुने कार्यक्रममा चीनले नयाँ विमान, ट्याङ्क र एन्टी–ड्रोन सिस्टमसहितका हतियार प्रदर्शन गर्ने तयारी गरेको छ ।

    कार्यक्रममा २६ राष्ट्रका नेताहरू सहभागी हुनेछन् ।

    जसमा उत्तर कोरियाली नेता किम जोङ उन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियान पनि छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली पनि साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन–२०२५का लागि चीन भ्रमणमा जाँदै यस वार्षिकोत्सवमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

    चीनले यस परेडमार्फत विगतको युद्धकालीन संघर्ष सम्झँदै आफ्नो प्रतिरोध र आत्मनिर्भरताको सन्देश दिन खोजेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images