काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले स्थगित भएको मध्यपहाडी लोकमार्ग अभियान भदौ २१ गतेदेखि पुनः सुरु गर्दैछ ।
साउन १६–१९ गतेको स्थायी समिति बैठकले बाँकी जिल्लाहरूमा माओवादी जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
महासचिव देवप्रसाद गुरुङको सर्कुलरअनुसार अध्यक्ष प्रचण्ड नेतृत्वको टोली भदौ २१ गते लमजुङमा बास बस्नेछ ।
यस टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव मात्रै रहनेछ ।
यसअघि उपमहासचिवसम्म सहभागी हुने निर्णय गरिएको थियो ।
टोली सानो राख्दा नेताहरूको व्यवस्थापन र जिम्मेवारी सहज हुने गुरुङले बताए ।
अभियानको पहिलो चरण फागुन १२ देखि वैशाख १७ सम्म झापा–कञ्चनपुरमा सम्पन्न भएको थियो ।
दोस्रो चरण जेठ २ देखि १० गतेसम्म पोखरा पुगेर स्थगित भएको थियो ।
मौसमी प्रतिकुलताका कारण स्थगन भए पनि भदौमा पुनः सुरु हुने योजना छ ।
अभियान टोली भदौ २२ गते लमजुङ, २३ गते गोरखा, २४ गते धादिङ र २५ गते नुवाकोटमा कार्यक्रम सम्पन्न गरी काठमाडौं फर्किनेछ ।
प्रत्येक जिल्लामा एक सार्वजनिक संवाद र एक आन्तरिक संगठनात्मक, प्रशिक्षण कार्यक्रम आयोजना गरिने छ ।























