काठमाडौं– चीनले सेप्टेम्बर ३ मा बेइजिङको तियानमेन स्क्वायरमा आयोजना गर्न लागेको विशाल सैन्य परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनसहित २६ भन्दा बढी विदेशी नेता सहभागी हुने भएको छ ।
परेड दोस्रो विश्वयुद्धको समाप्तिको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुँदैछ ।
उत्तर कोरियाली सरकारी एजेन्सी केसीएनएले किमको सहभागिता पुष्टि गरेको छ ।
यो सन् २०१९ पछि उनको पहिलो चीन भ्रमण हुनेछ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र म्यानमारका जून्टा प्रमुख मिन आङ ह्लाइङ पनि उपस्थित हुनेछन् ।
तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी परेडमा सहभागी हुने सूचीमा छैनन् ।
पर्याप्त सैनिक र उन्नत हतियार प्रदर्शन हुने यो परेडले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चिनियाँ सेनाको आधुनिकीकरण र बढ्दो सैन्यशक्तिको झलक देखाउने उद्देश्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















