images
images
  • प्रचण्डको सक्रियतामा पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन

    विराटनगर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो आफूले खोलिदिएको दाबी गरेका छन् ।

    विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई सक्रिय राजनीतिमा ल्याएपछि भण्डारीलाई पनि फर्किने बाटो सहज भएको बताए ।

    प्रचण्डका अनुसार संविधानले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई राजनीतिमा प्रवेश गर्न रोकेको छैन ।

    उनले एमालेले विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय ओलीकै सहमतिबाट भएको सदस्यता र चीन भ्रमणपछि मात्रै विवाद देखिएको बताए ।

    पार्टी सदस्यता नपाएपछि भण्डारीको ‘प्लान बी’बारे आफू अनभिज्ञ रहेको प्रचण्डको भनाइ छ ।

    उनका अनुसार, ‘दुनियामा राष्ट्रपति बनेर फेरि प्रधानमन्त्री वा मेयरसमेत बनेका उदाहरण प्रशस्तै छन्, त्यसैले पूर्व राष्ट्रपतिले राजनीतिमा फर्कनु अस्वाभाविक होइन ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images