images
images
  • रास्वपा सभापति रवि र राप्रपा अध्यक्ष लिङ्देनलाई एमालेले जिताएको हो : ओली

    काठमाडौं– नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताले चुनौती खेपिरहेका छन् ।

    विधान महाधिवेशन नजिकिँदै गर्दा भण्डारी पक्षधर गतिविधि बढेपछि ओलीले बुधबार काठमाडौंका प्रतिनिधिलाई बालुवाटारमा दुई घण्टा बढी ब्रिफिङ गरे ।

    त्यस क्रममा ओलीले भण्डारीलाई पार्टी हाँक्ने अनुभव नभएको, सदस्यता नवीकरणसमेत नमिल्ने दाबी गर्दै पूर्वराष्ट्रपति राजनीतिमा फर्कनु अशोभनीय भनेका थिए ।

    उनले भण्डारी चुनाव लड्न तयार रहेको सुने पनि एमाले अध्यक्ष बन्न नसक्ने दाबी गरे ।

    मदन भण्डारी फाउन्डेशन आफूले खोलेको भन्दै ओलीले ‘जबज’ परिवारको सम्पत्ति नभएको स्पष्ट पारे ।

    उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र मोरङका विनोद ढकालबारे पनि टिप्पणी गरे ।

    साथै, ओलीले रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि आलोचना गर्दै हामीले सहयोग नगरे चुनाव जित्थेनन् भनेका छन् ।

    बालुवाटारमा बोलाइएका एमाले केन्द्रीय नेतामध्ये थोरै मात्र पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images