images
images
  • ओली–देउवा झ्यालखाना पुग्ने भयले कांग्रेस–एमाले एक भए : प्रचण्ड

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रलाई राष्ट्रिय प्राथमिकता बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

    पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले आफ्नो नेतृत्वको सरकारले गणतन्त्र स्थापनापछि ऊर्जा र कृषिलाई प्राथमिकता दिँदै लोडसेडिङ अन्त्य, किसान ऋण मिनाहा र पूर्व–पश्चिम राजमार्ग जस्ता योजनाहरु अघि बढाएको स्मरण गराए ।

    दाहालले दोस्रो कार्यकालमा ‘उज्यालो अभियान’मार्फत लोडसेडिङ अन्त्य भएको र जनार्दन शर्मा तथा कुलमान घिसिङको नेतृत्वले नयाँ राजनीतिक र प्रशासनिक सेटिङ बनाएको बताए ।

    उनले भारत–बंगलादेशसँग ऊर्जा व्यापार र निजी लगानीको वातावरण बनाउन आफूले पहल गरेको पनि उल्लेख गरे ।

    त्यसैगरी, माओवादी सरकारको उपलब्धि भनेको लोडसेडिङ अन्त्य, राष्ट्रिय गौरवका आयोजना अघि बढाउनु, शिक्षा र निजामती सेवा सम्बन्धी विधेयक दर्ता गर्नु रहेको र वर्तमान सरकार भ्रष्टाचार ढाकछोपमा लागेर सुशासन र समृद्धि ल्याउन नसक्ने टिप्पणी पनि उनले गरे ।

    उनले थपे, ‘एमाले–माओवादी नेतृत्वको सरकारले ओली–देउवालाई नै अप्ठेरो पार्ने देखेपछि कांग्रेस–एमाले मिलेर गठबन्धन गरेका हुन् ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images