images
images
  • भण्डारीले माथिदेखि तल्लोस्तरका नेता–कार्यकता उक्साएपछि झस्किँए ओली, गराए बैठक स्थगित

    काठमाडौं– नेकपा (एमाले)ले मंगलबार तय भएको केन्द्रीय कमिटी बैठक सूचना जारी गरेर अचानक स्थगित गरेको छ ।

    विधान महाधिवेशन (भदौ २०–२२) अघि राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्ने उद्देश्यले भदौ १३ मा बैठक बोलाइएको थियो ।

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोकेको निर्णयले एमालेभित्र मतभेद चर्किएपछि बैठक रोकिएको भण्डारी पक्षको दाबी छ ।

    बागमतीसहित कोसी, कर्णाली र सुदूरपश्चिमका नेताहरूले भण्डारीको पक्षमा खुलेर आवाज उठाएका थिए ।

    उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार जिल्लादेखि प्रदेशसम्म नेताहरूले यस विषयमा आक्रोश पोखेकाले बैठकमा अझै विवाद चर्किने देखिएपछि स्थगित गरिएको हो ।

    तर, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने तल्ला तहबाट आएका सुझावलाई एकीकृत गर्न समय लागेकै कारण बैठक सारिएको बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन जाँदै भएकाले अब भदौ १९ गतेमात्र कुनै कमिटी बैठक बस्ने सम्भावना छ ।

    तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठक बसे पनि फरक मत राख्ने तयारी गरिसकेको भण्डारी पक्षले दाबी गरेको छ ।

    सदस्यता रोकिएपछि भण्डारीले थापागाउँमा सम्पर्क कार्यालय खोलेकी छन् र सक्रिय राजनीतिक गतिविधि थालेकी छन् ।

    उनले मंगलबार रास्वपाका प्रवक्ता मनीष झासँग भेटमा आफू अझै एमालेमै योगदान गर्न इच्छुक रहेको स्पष्ट पारेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images