images
images
  • एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरी खोरमा

    काठमाडौं– नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् ।

    नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् ।

    विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौं लगेको छ ।

    महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो ।

    पीडितले हुलाकमार्फत दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको स्रोतले बतायो ।

    विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति सुरु गरेका महर हाल एमालेको केन्द्रीय सदस्य छन् ।

    बझाङ घर भएका उनले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

    तर, नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीसँग पराजित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images