images
images
  • छलफलमा जुट्दै विप्लव, जनार्दन र घनश्याम

    काठमाडौं– तीन कम्पुनिष्ट पार्टीका सचिव एउटै मञ्चमा जुट्ने भएका छन् ।

    उनीहरू रूपन्देहीस्थित बुटबलमा आयोजित एक कार्यक्रमको मञ्चमा जुट्ने आयोजक कमिटीले जनाएको छ ।

    सहिदस्मृती प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा तीन सचिव जुट्नका लागेका हुन् ।

    वर्तमान राजनीतिक घटनाक्रम, संशस्त्र संघर्षमा घाइते, बेपत्ता र सहिद परिवारको अवस्थाबारे पनि छलफल हुने बताइएको छ ।

    उक्त प्रतिष्ठानको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा, नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ उपस्थित हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images