images
images
  • प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रविको मुद्दा न्यायाधीशत्रय शर्मा, निरौला र विष्टको इजलासमा

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको विश्वासको मतसम्बन्धी रिटमा सर्वोच्च अदालतले सुनुवाइका लागि न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलास तोकेको छ ।

    अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा गत शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले चार गम्भीर संवैधानिक प्रश्न उठाउँदै प्रधानमन्त्री र सभामुखसहितलाई लिखित जवाफ मागेको थियो ।

    जसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि सरकारको कानुनी हैसियतबारे प्रश्न उठेको हो ।

    उता, पूर्वग्रहमन्त्री सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा उच्च अदालत बुटवलमा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ ।

    लामिछानेकी पत्नी निकिताले बिगो बराबरको बैंक जमानत राखेर जेल बाहिरैबाट मुद्दा लड्न दिने माग गर्दै सोमबार रिट दायर गरेकी थिइन् ।

    अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार आजै उक्त निवेदनमाथि बहस हुने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images