images
images
  • देउवा प्रधानमन्त्री नबनेसम्म ओली नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरू फेरबदल नहुने पक्का

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद् पुनर्गठनको कोर्ष तत्काललाई कोल्याप्स भएको छ ।

    यसअघि बालुवाटारमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकबीच छलफल भएको थियो ।

    प्रधानमन्त्री ओलीले कार्यसम्पादन कमजोर र विवादित मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने प्रस्ताव अघि सारेका थिए ।

    तर, कांग्रेसले सत्ता–समीकरणमा असर पर्ने भन्दै आफ्ना मन्त्री नहटाउन आग्रह गरेको छ ।

    सरकार गठन भएको करिब एक वर्षपछि एमालेले शिक्षा तथा संघीय मामिला मन्त्रालयमा दुई मन्त्री परिवर्तन गरिसकेको छ ।

    कांग्रेसले अझै मन्त्री हेरफेर गरेको छैन ।

    देउवाको सहमति नपाएपछि प्रधानमन्त्री ओली एमाले, जसपा र लोसपाका कोटाबाट मन्त्रीहरूको संरचना परिवर्तनतर्फ ध्यान केन्द्रित थिए ।

    त्यो पनि विफल भएको छ ।

    जसपाका उपाध्यक्ष परशुराम बस्नेतका अनुसार मन्त्री यादव र साह भदौ ११ गतेभित्र राजीनामा दिने र त्यसपछि डा. महतो तथा रञ्जु झाले पदभार ग्रहण गर्ने तय भएको थियो ।

    तर, यादव र साहलाई प्रारम्भमा एक वर्षका लागि मात्र मन्त्री बनाइएको भए पनि उनीहरू सो अवधिभन्दा बढी समय सरकारमा रहेका छन् ।

    मन्त्रिपरिषद् पुनर्गठन कोर्ष कोल्याप्स भएसँगै उनीहरू मन्त्रीपदमै यथावत रहनेछन् ।

    यद्यपि मन्त्री फेरबदलका लागि यसअघि कांग्रेस–एमालेबीच भएको ७ बुँदेकै आधारमा हुने भएको छ ।

    अबको एक डेढ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

    सोही समयमा सत्तारूढ कांग्रेस–एमाले लगायतका अन्य साना दलका मन्त्रीहरू पनि फेरबदल हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images