images
images
  • ट्रम्पले लगाएको ५० प्रतिशत भन्सार शुल्क कार्यान्वयन, भारतमा थेगिनसक्नु मूल्य वृद्धि

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा बनेका सबै सामानमा ५० प्रतिशत भन्सार शुल्क कार्यान्वयन गरेका छन् ।

    उनले यसअघि २५ प्रतिशत शुल्क तोकेपछि भारतले रूसी तेल किनिरहेकाले थप २५ प्रतिशत लगाउने चेतावनी दिएका थिए ।

    तर यो दर इलेक्ट्रोनिक्स र औषधीजन्य वस्तुमा लागू हुँदैन ।

    जसले एप्पलजस्ता कम्पनीलाई राहत भएको छ ।

    विशेषज्ञका अनुसार यो निर्णयले लाखौं रोजगारी दिने भारतीय निर्यातकर्तामाथि ठूलो असर पार्नेछ र अमेरिकी–भारतीय आर्थिक सम्बन्ध कमजोर बनाउन सक्छ ।

    भारतले रूसी तेल सस्तोमा किन्दै आएको छ ।

    जसको प्रमुख फाइदा प्रधानमन्त्री मोदीसँग नजिक मानिने मुकेश अम्बानीको रिलायन्स इण्डस्ट्रिज र रूसी लगानी रहेको नायरा एनर्जी ले लिएका छन् ।

    द बिजनेस स्ट्यान्डर्डका अनुसार यी दुईले मात्रै भारतले किनेको रूसी तेलको ४० प्रतिशत हिस्सा ओगटेका छन् ।

    चीनले भारतभन्दा अझ धेरै रूसी तेल किने पनि ट्रम्पले अतिरिक्त भन्सार भारतलाई मात्र लगाएका छन् ।

    आलोचकहरूले यसलाई भारतमाथि असमान व्यवहार भएको बताइरहेका छन् ।

    अमेरिकी अर्थमन्त्रीले भारतीय व्यापारीहरूले रूसी तेल किनेर करिब १६ अर्ब डलर नाफा कमाएको दाबी गरेका छन् ।

    फाइनान्सियल टाइम्सका अनुसार रिलायन्सले मात्रै झण्डै ६ अर्ब डलर कमाएको छ ।

    भारतले भने सस्तो तेल किन्नु अमेरिका र पश्चिमी देशकै सल्लाहमा भएको दाबी गर्छ ।

    तर, आलोचकहरूका अनुसार वास्तविक फाइदा भारतीय ठूला व्यापारीहरूमात्रै उठाइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images