images
images
  • माओवादीमा जनार्दनलाई गुटबन्दी गर्न नदिने प्रचण्डको प्रतिबद्धता

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः उचालिएको दाबी गरेका छन् ।

    साथै, उनले पार्टीभित्र उपमहासचिव जनार्दन शर्माको गुटबन्दी र द्वन्द्वलाई ठाउँ नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई आइतबार भर्चुआल श्रव्यदृश्यमार्फत सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हालै स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र नेपाल पर्वतारोहण

    संघलगायत संस्थामा माओवादी केन्द्र निकट उम्मेदवारको विजयलाई जनविश्वासको पुनःस्थापनाका रूपमा व्याख्या गरे ।

    उनका अनुसार पार्टी स्थायी समितिले अराजकता, गुटबन्दी र अनुशासनहीनतालाई अन्त्य गर्दै संगठनलाई सुदृढ र एकताबद्ध बनाउने संकल्प गरिसकेको छ ।

    शिक्षा विधेयकलगायत राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको स्पष्ट अडानले पनि जनस्तरमा सकारात्मक सन्देश प्रवाह भएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images