images
images
  • ओलीलाई काउन्टर दिन भण्डारी क्याम्पका नेताहरू फरक दस्तावेज लेखनमा व्यस्त, महाधिवेशनमा पेश गर्ने

    काठमाडौं– नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा सहभागी प्रतिनिधि संख्या घटेर २,१२४ पुगेको छ ।

    मृत्यु, पार्टी परित्याग र निलम्बनका कारण २९ प्रतिनिधि घटेको एमाले संगठन विभाग सचिव माधव ढुंगेलले जानकारी दिए ।

    आयोजक समिति सदस्यसमेत जोड्दा २,३७९ जना सहभागी हुनेछन् ।

    २०७८ मंसिरमा भएको १०औँ महाधिवेशनमा २,१५३ प्रतिनिधि सहभागी भएका थिए ।

    आगामी भदौ २०–२२ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन हुने तय छ ।

    भदौ १३ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भए पनि विधान संशोधन मस्यौदामाथि जिल्ला–प्रदेश कमिटीबाट आएका सुझावलाई आगामी बैठकमा छलफल गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

    अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल राजनीतिक तथा सांगठनिक प्रतिवेदन तयार पारिरहेका छन् ।

    तर, पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षधर नेताहरू भने ओलीको प्रतिवेदनको काउन्टरमा फरक दस्तावेज ल्याउने तयारीमा छन् ।

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमार्फत भण्डारी पक्षले जबजको कार्यान्वयन, नेतृत्वको कमजोरी र सदस्यता विवाद उठाउने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images