काठमाडौं– संसदको राज्यव्यवस्था तथा सुशासन समितिको सभापति पदमा माओवादी केन्द्रले उम्मेदवारी दिने-नदिने निर्णय अझै गरेको छैन ।
प्रमुख सचेतक हितराज पाण्डेले बुधबार हुने निर्वाचनअघि दलभित्र वा विपक्षीसँग छलफल हुने सम्भावना बताए ।
२७ सदस्यीय समितिमा माओवादीका दुई सांसद मात्रै रहेका कारण उनीहरूले एक्लै प्रतिस्पर्धा गर्न नसक्ने देखिन्छ ।
निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ विवादपछि तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि पद रिक्त बनेको हो ।
रिक्त पदका लागि सत्तारूढ नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यो निर्णय कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा मंगलबार बसेको पदाधिकारी बैठकले गरेको हो ।
यद्यपि विपक्षी दलहरू उम्मेदवारी नदिए न्यौपाने निर्विरोध निर्वाचित हुनेछिन् ।
प्रतिक्रिया दिनुहोस्























