विराटनगर- विराटनगरमा २०८१ जेठ २७ गते प्रदेश योजना आयोग र नेपाल विद्युत प्राधिकरणका गाडी तोडफोड गरी जलाएको आरोपमा पक्राउ परेका नेविसंघ र अखिल क्रान्तिकारीका १० जना नेता–कार्यकर्तामध्ये सबैलाई मोरङ जिल्ला अदालतले सफाइ दिएको छ ।
सीसीटीभी फुटेज अदालतमा नचल्दा प्रमाण अभाव देखिएको न्यायाधीश गजेन्द्रराज शर्माको इजलासले निर्णय सुनाएको हो ।
उक्त घटनामा २७ लाख ७० हजार रुपैयाँभन्दा बढी क्षति भएको प्रतिवेदन थियो ।
दुई जना प्रतिवादी भने अझै फरार रहेको र उनीहरूमाथि मुद्दा मुल्तवी राखिएको अदालतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























