काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि जोर्डनका राजा अब्दुल्ला द्वितीयसँग पहल गरिदिन आग्रह गरेका छन् ।
मंगलबार पठाएको पत्रमार्फत पौडेलले जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ र स्वदेश फिर्तीका लागि मानवीय तथा कूटनीतिक कदम चाल्न अनुरोध गरेका हुन् ।
यसअघि आइतबार जोशीकी आमा र बहिनीले शीतल निवासमा भेट गरी सहायताको आग्रह गर्दा राष्ट्रपति पौडेलले आवश्यक पहल गर्ने आश्वासन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्























