काठमाडौं- कांग्रेस सांसद ईश्वरी न्यौपाने प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिन संसद सचिवालय पुगेकी छन् ।
कुलिङ अफ पिरियडसम्बन्धी फेरबदलपछि राजीनामा दिने पूर्वसभापति रामहरि खतिवडाको स्थानमा उनलाई मनोनयन गर्न कांग्रेसले निर्णय गरेको हो ।
सभापति देउवाको फोनपछि न्यौपानेले राजीनामा दिन संसद पुगेकी हुन्, उनका साथमा खतिवडा पनि छन् ।
प्रतिक्रिया दिनुहोस्























