images
images
  • राज्यव्यवस्था समिति सभापतिमा बहुमत नपुग्ने भएपछि उम्मेदवारी नदिने पक्षमा माओवादी

    काठमाडौं- संसदको राज्यव्यवस्था तथा सुशासन समितिको सभापति पदमा प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले उम्मेदवारी दिने वा नदिने विषयमा अझै निर्णय गरेको छैन ।

    माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बुधबार हुने निर्वाचनअघि दलभित्र वा विपक्षी दलसँग छलफल हुन सक्ने बताए ।

    २७ सदस्यीय समितिमा माओवादीबाट दुई सांसद छन् ।

    यद्यपि उक्त समितिको सभापतिमा माओवादी एक्लै प्रतिस्पर्धा गर्न सक्ने सम्भावना छैन ।

    यसअघि निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ विवादपछि सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।

    रिक्त पदमा सत्ताका मुख्य घटक नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा मंगलबार बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images