images
images
  • भण्डारी पक्षधर नेताहरूको दबाबको भयले केन्द्रीय समिति बैठक रोक्ने तयारीमा ओली

    काठमाडौं- नेकपा (एमाले) ले भदौ १३ गतेका लागि तय गरेको केन्द्रीय कमिटी बैठक सार्ने तयारी गरेको छ ।

    अहिलेसम्म सदस्यहरूलाई औपचारिक सूचना पठाइएको छैन ।

    एमालेले विधान महाधिवेशनको राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्न भद्र १३ गते बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक आह्वान गरेको थियो ।

    तर केन्द्रीय सदस्यहरूले भदौ १३ मा बैठक राख्दा महाधिवेशनसँग दोहोरो हुने भएकाले भदौ १९ मा सार्ने सुझाव दिएका छन् ।

    भदौ १४ मा अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

    दोस्रो विधान महाधिवेशन भदौ २०–२२ मा ललितपुरको सनराइज सभा हलमा हुँदैछ ।

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी बैठकमा फरक मत राख्ने सम्भावना औंल्याएका छन् ।

    कृष्ण दाहालका अनुसार, नयाँ बैठकमा पोखरेलले फरक धारणा राख्ने तयारी गरेका छन् ।

    गत साउनमा बसेको नवौं केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images