काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झा र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार बिहान पूर्वराष्ट्रपति निवास भंगालमा भेटवार्ता भएको छ ।
भण्डारीले रास्वपा सभापति रवि लामिछानेलाई कारागारमा राखिएकोमा असन्तुष्टि व्यक्त गर्दै, ‘उहाँप्रति मेरो सद्भाव छ’ भनिन् ।
उनले सहकारी बचत रकम फिर्ता नहुने विषयमा पनि चिन्ता प्रकट गरिन् ।
भेटमा युवा पुस्ताको नयाँ विचारप्रति प्रशंसा गर्दै प्रवक्ता झाले एमालेको पार्टी सदस्यता र विगतमा केपी ओलीसँग सम्बन्धित राजनीतिक विषयमा भण्डारीसँग कुरा गरेको बताए ।
साउनमा एमालेको केन्द्रीय कमिटीले भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाएको भए पनि उनले राजनीतिक गतिविधि जारी राख्दै आएकी छन् ।
प्रतिक्रिया दिनुहोस्























