images
images
  • उत्तर कोरियाले तीव्र गतिमा आणविक हतियार निर्माण गर्न थालेपछि ट्रम्पले भने- किमसँग भेट्ने इच्छा छ

    काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष भित्रै उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्ने इच्छा व्यक्त गरेका छन् ।

    उनले दक्षिण कोरियाका राष्ट्रपति ली जाए म्युङ्गसँग भेटवार्तामा यस आशय देखाएका हुन् ।

    ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीन पटक भेट गरिसकेका छन् र पुनः कूटनीतिक संवाद सुरु गर्न चाहन्छन् ।

    भेटमा ट्रम्पले दक्षिण कोरियामा तैनाथ २८ हजार ५०० अमेरिकी सैनिकको खर्चमा सियोलले ठूलो योगदान दिनुपर्ने बताएका छन् ।

    उनले अमेरिकी लगानीको स्वामित्व लिनुपर्ने संकेत पनि दिएका छन् ।

    युक्रेन र मध्यपूर्वको विवाद समाधान गर्दै दीर्घकालीन शान्ति कायम गर्ने प्रयासको प्रशंसा दक्षिण कोरियाले गरेको छ ।

    ट्रम्पले किमसँगको व्यक्तिगत सम्बन्ध बलियो भएको दाबी गर्दै भने, ‘कुनै दिन फेरि भेट हुन्छ, म प्रतीक्षारत छु ।’

    तर, विश्लेषकहरूले किम हाल युक्रेनसँगको युद्धमा रूसको सहयोगमा केन्द्रित भएको र आणविक कार्यक्रमलाई तीव्र बनाइरहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images