images
images
  • कांग्रेस पदाधिकारी बैठकमा देउवाका खास व्यक्तिलाई बोलाइयो, अन्यलाई बाइपास

    काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बूढानीलकण्ठस्थित निवासमा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई बोलाएर भेटवार्ता गरेका छन् ।

    पार्टीका उपसभापति पूर्णबहादुर खड्काका अनुसार छलफल कुनै निष्कर्षबिनै सकिएको हो ।

    बैठकमा समसामयिक राजनीतिक विषयसँगै आगामी भदौ ११ गते हुने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचनबारे कुराकानी भएको थियो ।

    रामहरि खतिवाडाले राजीनामा दिएपछि उक्त पदमा कांग्रेसले उम्मेदवार दिने सहमति सत्ता साझेदार दलहरूसँग भएको छ ।

    यसका लागि दिलेन्द्र बडूको नाम अगाडि आएको छ।।

    त्यसैगरी, भेटमा उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्तावको विषयमा पनि छलफल भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images