images
images
  • अध्यक्ष नेपाललाई टेर्दैनन् पार्टीका सामान्य नेता-कार्यकर्ता, निर्देशन लत्याएर धमाधम समानान्तर समिति गठन

    काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले सोमबार चौथो पुनर्गठन दिवस मनाएको छ । एमालेबाट फुटेर बनेको यो पार्टी चार वर्षमै आन्तरिक विवाद र गुटबन्दीले कमजोर बन्दै गएको छ ।

    २०७८ भदौ ९ मा आयोगबाट मान्यता पाएर स्थापित पार्टी अहिले दर्जनौं नेताले छाडिसकेको छ । पार्टी प्रवेश गर्नेभन्दा बाहिरिने नेताको संख्या बढी छ ।

    यस अवधिमा उपाध्यक्ष केदार न्यौपाने, सचिव भागवत विश्वासी, स्थायी कमिटी सदस्य चूडामणि जंगलीलगायत ५० भन्दा बढी केन्द्रीय नेता बाहिरिएका छन् ।

    एमालेमा टिकट नपाएका घनश्याम भुसाल र प्रभावहीन वामदेव गौतम प्रवेश गरे पनि संगठन विस्तारभन्दा क्षय बढी भएको कार्यकर्ताको बुझाइ छ ।

    पूर्वनेता पार्वती विशुंखेलगायतले “ओली शैलीमै पार्टी सञ्चालन भएकाले विकल्प नभई परित्याग गर्नुपरेको” आरोप लगाएका छन् ।

    नेतृत्वले भने महाधिवेशनसहित संगठन विस्तारमा पार्टी अगाडि बढेको दाबी गर्छ । प्रवक्ता प्रकाश ज्वालाका अनुसार जिल्लादेखि केन्द्रसम्म प्रवेश गर्नेहरूको लहर रहेको छ ।

    तर, भ्रातृ संगठन युवासंघ, अखिललगायतमा समानान्तर कमिटी बनेको छ । असन्तुष्ट पक्षले नेतृत्वले विवाद समाधान नगरी गुटबन्दीलाई बढावा दिएको आरोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images