images
images
  • उपसभामुख रानालाई हटाउने रणनीतिबाट पछि हट्यो प्रमुख सत्तारूढ कांग्रेस

    काठमाडौं- कांग्रेसले उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव अघि नबढाउने निर्णय गरेको छ ।

    पार्टीभित्र विरोध बढेको, रूपन्देही–३ उपनिर्वाचन नजिकिएको र सरकारविरुद्ध असन्तुष्टि चर्किन सक्ने भन्दै सभापति शेरबहादुर देउवाको निवासमा बसेको संसदीय दल कार्यसमितिले प्रस्ताव स्थगित गर्ने निष्कर्ष निकालेको हो ।

    महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अहिले यस्तो कदम चुनावी परिणाममा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका थिए । शर्माले रूपन्देहीको चुनावी वातावरणबारे बैठकलाई जानकारी गराएका थिए ।

    यसअघि कांग्रेस–एमालेबीच सहमति भएपछि सांसदहरूको हस्ताक्षर संकलन सुरु भए पनि थापा, शर्मा र डा. शेखर कोइरालाले असहमति जनाएका थिए ।

    कोइरालाले देउवासँग वान टु वान भेटमा अहिले प्रस्ताव ल्याउने उपयुक्त समय नभएको बताउँदै कुलमान घिसिङ, कान्छाराम तामाङ र बागमतीका बहादुरसिंह लामाको मुद्दापछि पार्टीमाथि परेको छविको असरलाई पनि औंल्याएका थिए ।

    यसैले कांग्रेसले उपसभामुख रानाविरुद्ध हाललाई कुनै प्रक्रिया नबढाउने स्पष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images