images
images
  • पार्टी एकताका लागि आन्तरिक गृहकार्यमा प्रचण्ड, नेपाल, विप्लव र यादव

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वले गत साउन १९ गते स्थायी समितिबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।

    त्यसको २० दिनपछि उक्त प्रयास सफल पार्न प्रचण्ड–विप्लव जुटेका छन् ।

    विप्लव पक्षले प्रचण्डलाई आन्तरिक शक्ति संघर्ष व्यवस्थापन गर्न पनि सुल्झाएको छ ।

    यसका साथै प्रचण्डले जनार्दन शर्मा, घनश्याम भुसाल र उपेन्द्र यादवसँग पनि सहकार्य जारी राखेका छन् ।

    माओवादीभित्र भने प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच दुई लाइन संघर्ष खुलेरै आएको छ ।

    विप्लवलाई भित्र्याएर शर्मालाई ‘चेक एन्ड ब्यालेन्स’ गर्न खोजेको आरोप लागे तापनि प्रचण्डले विस्तारै पार्टी एकतालाई नै प्राथमिकतामा राखेका छन् ।

    यसबीच माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पनि माओवादीसँग एकता गर्न सहमत भएको छ ।

    प्रचण्डको बहुप्रतीक्षित वाम एकता योजनालाई पनि प्राथमिकतामा राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images