images
images
  • प्रधानमन्त्री ओलीलाई महामन्त्री गगनले भने– ‘प्रत्येक हप्ता पद छोड्छु भन्नुको तुक छैन’

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीले हप्तामा एकपटक प्रधानमन्त्री पद कांग्रेसलाई छोड्छु भन्नुको अर्थ नभएको बताएका छन् ।

    ‘जीवन एक बिम्ब अनेक’ मुक्तक संङग्रहको विमोचन कार्यक्रममा उनले दलहरु अहिले सत्ता राजनीतिमा केन्द्रित रहेको भन्दै नेताहरूले डर र लोभबाट मुक्त हुनुपर्ने बताए ।

    थापाले भने, ‘प्रधानमन्त्रीले छोड्छु भनेर सम्झाए पनि हामी अलमलमा पर्दैनौं । कांग्रेसले आफ्नो धर्म र कर्म लोभ–डरबाट मुक्त भएर गर्नुपर्छ ।’

    साथै, उनले नेता–कार्यकर्तालाई पछिको चिन्ता नगरी काममा केन्द्रित हुन निर्देशन दिएका छन् ।

    आफुले महामन्त्री पदमा कार्यरत हुँदा पार्टीसँग सधैं सँगै रहने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images