images
images
  • २ करोड ७४ लाख बढी जमानत बुझाउँदा पनि रिहा नभएपछि उच्चमा गए रवि लामिछाने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै राख्ने जिल्ला अदालत रूपन्देहीको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरमा रिट दर्ता भएको छ ।

    जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई थुनामा राख्दै अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

    यसको विरोधमा लामिछानेलाई नख्खु कारागारमा राखिएको छ ।

    लामिछानेले आफू सहकारी ठगीमा संलग्न नभएको दाबी गर्दै बचतकर्ताको रकम फिर्ता गर्न आफूले बैंक जमानतसमेत बुझाइसकेको कारण रिहाइ माग गरेका छन् ।

    साउन १९ गते उनी जिल्ला अदालतमा २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानतसहित निवेदन दिएका थिए ।

    यो प्रकरणमा उच्च अदालत र सर्वोच्च अदालतले पनि लामिछानेलाई थुनामा राख्ने आदेश सदर गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images