काठमाडौं– नेपाली कांग्रेसले राज्य व्यवस्था एवं सुशासन समितिको सभापतिमा सांसद दिलेन्द्र बडूलाई बनाउने तयारी गरेको छ ।
समितिका चार आकांक्षीमध्ये बडूलाई अघि सार्ने योजना पार्टीभित्र चलिरहेको स्रोतले जनाएको छ ।
सभापति शेरबहादुर देउवाले सोमबार विहान स्थगित गरेको बैठक अब फेरि बोलाइएको छ ।
शीर्ष पाँच नेता, दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, तथा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा बोलाइएको छ ।
यस पदमा पूर्व सांसद रामहरि खतिवडाले साउन २८ गते राजीनामा दिएका थिए ।
कांग्रेसभित्रको तयारी अनुसार अब समितिका कांग्रेस सदस्यहरूले सभापति चयन गर्नेछन् ।
राज्य व्यवस्था एवं सुशासन समिति कांग्रेसको भागमा परेकोले एमालेले दाबी गरेन ।
तर, बूढानीलकण्ठ स्रोतका अनुसार बडूलाई सभापति बनाउने सहमति जुटेको छैन ।
सहमति जुटाउन सभापति देउवाले बैठक नै राखेर छलफल गर्न लागेका छन् ।























