images
images
  • राज्य व्यवस्था समिति सभापतिमा ४ जना कांग्रेसी सांसद आकांक्षी, को–को हुन् उनीहरू ? (नामावलीसहित)

    काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि सभामुख देवराज घिमिरेले भदौ ११ गते समय तोकेका छन् ।

    यस पदमा हाल चार जना सांसद आकांक्षी देखिएका छन् ।

    एमालेले कांग्रेसलाई सभापतिमा सघाउने जनाएको छ ।

    २७ सदस्यीय समितिमा कांग्रेसका ९ र एमालेका ६ जना छन् ।

    दुई दल मिल्दा १५ सांसद पुगेर बहुमत बनाउँछ ।

    त्यसभन्दा बाहेक लोसपा नेपालका सर्वेन्द्रनाथ सुक्ला, जनमत पार्टीकी अनिता देवी र जनता समाजवादी पार्टीका अशोककुमार राईले सत्तापक्षको संख्या १८ पु¥याउँछन् ।

    कांग्रेसबाट सभापति चयन गर्ने तयारी भइरहेको छ ।

    यसमा दिलेन्द्रप्रसाद बडूको नाममा सहमतिको प्रयास भइरहेको छ ।

    अम्बिका बस्नेत, सरिता प्रसाई र हृदयराम थानीका नाम पनि चर्चा हुँदैछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images