काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीहरूसँग बुढानीलकण्ठ निवासमा बैठक गरिरहेका छन् ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद रिक्त भएपछि उम्मेदवार चयन र उपसभामुख इन्दिरा रानाविरुद्धको पदच्युत प्रस्ताव सम्बन्धी गृहकार्यबारे छलफल भइरहेको छ ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी छन् ।
तर, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई भने बैठकमा नबोलाइएको उनले बताइन् ।
साउन २८ गते विवादमा परेका समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि पद रिक्त भएको हो ।
नियमअनुसार भदौ ११ भित्र नयाँ सभापति चयन गर्नुपर्ने बाध्यता छ ।
यसैबीच, उपसभामुख रानामगरको पदीय आचरणविपरीत कार्य भएको भन्दै कांग्रेस–एमाले सांसदहरूले हस्ताक्षर संकलन गरिरहेका छन् ।
तर, पार्टीभित्र डा.शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्मा समूहले त्यसको विरोध गर्दै आएका छन् ।























