काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
आज (सोमबार) बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विप्लवबीच भेटवार्ता भएको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार प्रचण्ड विप्लवलाई भेट्न उनकै निवास हरिसिद्धि पुगेका थिए ।
भेटमा पार्टी एकता, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएँको नेकपाका प्रवक्ता खड्क विश्वकर्मा ‘प्रकाण्ड’ले बताए ।
प्रतिक्रिया दिनुहोस्























