images
images
  • राप्रपा अध्यक्ष लिङ्देनविरुद्ध उपाध्यक्ष पाण्डे र महामन्त्री राणाको मोर्चाबन्दी, पार्टी विभाजन उन्मुख

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र अध्यक्ष राजेन्द्र लिङ्देन र उनको निर्णयविरुद्ध उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शम्शेर राणा सक्रिय चुनौती दिन थालेका छन् ।

    लिङ्देनले महाधिवेशनलाई केन्द्रमा राख्दै फरक विचार राख्ने नेताहरूलाई कारबाही गर्दै आफूनिकटलाई जिम्मेवारी दिएका छन् ।

    उनले विधानअनुसार २०८२ मंसिरमै महाधिवेशन हुनुपर्ने भए पनि एक वर्ष ढिलाइ गर्ने तयारी गरेका कारण विक्रम–धवल समूह असन्तुष्ट छ ।

    गत महाधिवेशनमा लिङ्देनकै प्यानलबाट विजयी भएका धवल शम्शेर अहिले उनको प्रमुख आलोचक बनेका छन् ।

    पार्टीभित्र हालै नवराज सुवेदी, सगुनसुन्दर लावती र मुकुन्दश्याम गिरीमाथि गरिएको कारबाहीले विवाद चुलिएको छ ।

    असन्तुष्ट नेताहरूले यसलाई ‘एकलौटीपन’ भन्दै पुनर्बहालीको माग गरेका छन् ।

    संस्थापनइतर नेताहरूले महाधिवेशन मिति तोक्न, कारबाही फिर्ता गर्न र सामूहिक नेतृत्वको अभ्यास गर्न दबाब दिइरहेका छन् ।

    उनीहरूले पूर्वअध्यक्षहरू लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनीलाई समेत ध्यानाकर्षण गराएका छन् ।

    गुटबन्दी तीव्र बन्दै जाँदा कार्यकर्ताबीच फेरि विभाजनको डर बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images