images
images
  • रूपन्देही–३ को उपनिर्वाचनमा माओवादी एक्लै भिड्ने, अन्य दलसँग चुनावनी गठबन्धन नगर्ने

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले रुपन्देही–३ मा कात्तिक १७ मा हुने उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ ।

    माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले अन्य दलको उम्मेदवारलाई समर्थन नगर्ने बताए ।

    गत दुई निर्वाचनमा माओवादी केन्द्रले यस क्षेत्रमा उम्मेदवार नउठाएको भए पनि यसपटक आफ्नो मतदाता ‘हसिँया–हथौडा’ प्रतीकमा मतदान गर्न पाउने कुरा केन्द्रलाई भनिएको छ ।

    राप्रपा सांसद दीपक बोहराको निधनपछि निर्वाचन आयोगले उपनिर्वाचन घोषणा गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images