काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र पारेका छन् ।
कांग्रेसभित्र मन्त्री फेर्ने विषयमा अहिलेसम्म कुनै औपचारिक छलफल नभएको देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन् ।
कांग्रेसको सहमति नआएमा एमालेको कोटाबाट मात्रै केही मन्त्रीहरूको परिवर्तन हुने सम्भावना रहेको छ ।
मन्त्रीहरू रक्षामन्त्री मानवीर राई, उद्योग मन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था मन्त्री बलराम अधिकारी फेरिने सम्भावना रहेको एमाले स्रोत बताउँछ ।
अधिकारी हालै घूसकाण्डमा तानिएका हुन् भने भण्डारी र राईप्रति प्रधानमन्त्री ओली असन्तुष्ट रहेको स्रोतले दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्























