काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र पारेका छन् ।
मन्त्री फेरबदलका लागि कांग्रेसले असहमति जनाएपछि एमालेको कोटाबाट बनेका मन्त्री बनेकालाई परिवर्तन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले बताएको छ ।
नयाँ मन्त्रीको रूपमा एलपी सावाँ लिम्बू, छविलाल विश्वकर्मा, सूर्य थापा र जुलीकुमारी महतोको नाम चर्चामा रहेको छ ।
प्रधानमन्त्री ओली अधिकांश मन्त्रीप्रति असन्तुष्ट छन् ।
कार्यसम्पादनमा कमजोर र भ्रष्टाचारमा मुछिएका विवादित मन्त्री फिर्ता बोलाउन प्रधानमन्त्रीले सत्तारूढ दलहरूलाई आग्रह गरेका थिए ।
तर, प्रमुख सत्तारूढ कांग्रेसलाई बारम्बार आग्रह गर्दा पनि देउवा तयार भएका छैनन् ।
यहीँ मौकामा उनले सत्तासिन एमालेसहित साना दलहरूका मन्त्री फेरबदल गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























