काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
पार्टी उपाध्यक्ष परशुराम बस्नेतका अनुसार प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता गरी डा.वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाइनेछ ।
उनका अनुसार दुवै मन्त्रीले भदौ ११ गतेभित्र राजीनामा दिने र त्यसपछि नयाँ मन्त्रीहरूले पदभार ग्रहण गर्नेछन् ।
पार्टीले यादव र साहलाई एक वर्षका लागि मात्र मन्त्री बनाएको भए पनि उनीहरू एक वर्षभन्दा बढी सरकारमा भइसकेका छन् ।
यसअघि सरकारमा जाने क्रममा रञ्जु झालाई विना विभागीय मन्त्रीको सिफारिस भए पनि उनले त्यतिबेला कुर्ने निर्णय गरेकी थिइन् ।
डा.महतो भने अघिल्लो पटक जसपा नेपालतर्फबाट वनमन्त्री रहिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्























