काठमाडौं– आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचनका सन्दर्भमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भदौ १ गते दोस्रो पटक स्थलगत अवलोकनमा पुगे ।
उनले जिल्ला स्तरीय नेता–कार्यकर्तासँग छलफल गर्दै पार्टीको अवस्था, चुनौती र समाधानबारे सुझाव संकलन गरे ।
रुपन्देही–३ का सभापति सुशील गुरुङका अनुसार उम्मेदवार सिफारिसबारे अहिलेसम्म केन्द्रबाट औपचारिक पत्र आएको छैन ।
लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पनि उम्मेदवारबारे छलफल नभएको तर संगठनात्मक तयारीमा जोड दिइएको बताए ।
पार्टी स्रोतअनुसार २०७९ को निर्वाचनमा प्रतिस्पर्धा गरेका पूर्वमन्त्री बालकृष्ण खाणलाई प्राथमिकता दिइने सम्भावना छ ।
उनले इच्छा नदेखाएमा रामचन्द्र ढकाल, विमल ढकाल, पुस्पा थरुनी र सुशील गुरुङ आकांक्षीका रूपमा देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्























