images
images
  • सहकारी ठगीमा धनराज मुछिने भएपछि मुद्दा दर्ता गर्नुभन्दा ३ महिनाअघि रकम फिर्ता गराएर उन्मुक्ति

    काठमाडौं– ललितपुरस्थित मितेरी सहकारीमा कांग्रेस उपसभापति धनराज गुरुङले सञ्चालकहरूसँग मिलेर बचतकर्ता कमला गुरुङको खाताबाट प्रत्यक्ष ५० लाख निकालेको तथ्य सिआइबीको अनुसन्धानमै खुलेको छ ।

    तर, प्रहरीले उनको बयान लिई रकम फिर्ता गराएर मुद्दाबाट उम्काइदियो ।

    अभियोगपत्रअनुसार धनराजले २०७६ असोजमा तीनपटक गरेर ५० लाख उठाएका थिए ।

    जसमा तत्कालीन महाप्रबन्धक र पत्नी ज्योति गुरुङ र अध्यक्ष कुम्भराज गुरुङको संलग्नता देखिन्छ। रकम निकाल्दा बचतकर्ताको हस्ताक्षर नै थिएन ।

    अनुसन्धानका क्रममा धनराजले पाँचपटक गरेर रकम फिर्ता गरे। अन्तिमपटक २०७८ वैशाख २३ मा ३० लाख चेकमार्फत जम्मा गरेपछि प्रहरीकै सहमतिमा पीडितसँग ‘अब लेनदेन छैन’ भन्ने कागज गराइयो ।

    ज्योति गुरुङमाथि भने सहकारी ठगी, मिटरब्याज, हुन्डी र क्रिप्टो कारोबारमा संलग्नता देखाउँदै पाँचवटा मुद्दा दायर भएका छन् ।

    उनी हाल अमेरिकामा रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

    धनराजले सम्बन्धविच्छेद गरेको दाबी गरे पनि त्यसपछि पनि उनले मितेरी सहकारीबाट छपटक ऋण लिँदा ‘हकवाला’मा ज्योतिलाई ‘श्रीमती’ भनेर नै देखाइएको पाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images