images
images
  • उपसभामुख रानामाथि सत्तारूढ कांग्रेस–एमालेको स्वार्थप्रेरित प्रतिशोधपूर्ण व्यवहार हाबी

    काठमाडौं– उपसभामुख इन्दिरा रानाको वैदेशिक भ्रमणलाई लिएर कांग्रेस–एमालेले उठाएको विवाद गलत देखिएको छ ।

    सभामुख देवराज घिमिरे र संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले रानाका सबै भ्रमण प्रक्रिया पूरा गरेर र सभामुखकै जानकारीमा भएको स्पष्ट पारेका छन् ।

    तर, संवैधानिक परिषद्मा बहुमत नपुगेपछि कांग्रेस–एमालेले रानालाई हटाउने रणनीति बनाएको आरोप छ ।

    उनीहरूले भ्रमणलाई पदअनुकूल आचरणविपरीत देखाउने प्रयत्नसहित सांसदहरूबाट खाली कागजमा हस्ताक्षरसमेत गरेका छन् ।

    एमालेका योगेश भट्टराईले रानाले १७ पटक विदेश गएको दाबी गरे पनि संसद् सचिवालयका अनुसार उनले १५ पटक मात्रै भ्रमण गरेकी छिन् ।

    ती सबै औपचारिक वा अनौपचारिक भए पनि संसदीय प्रक्रियामै स्वीकृत भएको र आयोजककै खर्चमा भएको तथ्यांक छ ।

    १३ भदौमा स्वदेश फर्केपछि कांग्रेस–एमालेले पदअनुकूल आचरण नगरेको प्रस्ताव अघि बढाउने तयारी गरेका छन् ।

    अर्कोतर्फ माओवादी र रास्वपाले यसलाई सत्ता स्वार्थप्रेरित प्रतिशोधपूर्ण व्यवहार भन्दै सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images