images
images
  • अध्यक्ष प्रचण्डले समय अभाव देखाउँदै स्थगित गरे माओवादी पदाधिकारी बैठक, अब कहिले बस्छ ?

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको पदाधिकारी बैठक अचानक स्थगित भएको छ ।

    दिउँसो पेरिसडाँडामा बस्ने भनिएको बैठकमा मध्यपहाडी लोकमार्ग अभियान, समसामयिक राजनीति र जिम्मेवारी बाँडफाँट एजेण्डा थिए ।

    बैठक स्थगितको कारण प्रष्ट नभए पनि उपमहासचिव जनार्दन शर्माले हालै प्रचण्डलाई लक्षित गर्दै दिएको टिप्पणीसँगै आन्तरिक तयारी भइरहेको स्रोतले बतायो ।

    कार्यालय सचिव गणेशमान पुनले भने व्यस्त समय र सेड्युलका कारण बैठक नबसिएको स्पष्ट पारे ।

    यसअघि पार्टी बैठकले गुटबन्दीलाई समस्या ठहर गर्दै स्वार्थ समूह चलाए कारबाही गर्ने निर्णय गरेको थियो ।

    प्रचण्डले नेतामाथि आरोप नलगाउन र गुटबन्दी नगर्न निर्देशनसमेत दिएका छन् ।

    स्थगित बैठक कहिले बस्ने भन्नेबारे टुंगो नलागेको पुनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images