images
images
  • एमाले केन्द्रीय कार्यालयका कर्मचारी झुक्याएर भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको खुलासा

    काठमाडौं– नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता आफैं त्यागेको बताएका छन् ।

    च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भण्डारीले राष्ट्रपति बन्ने क्रममा स्वेच्छाले सदस्यता छोडेको उल्लेख गर्दै भने, ‘खोसेको होइन, आफैं छोड्नु भएको हो ।’

    उनका अनुसार भण्डारीले सदस्यता नवीकरणबारे पार्टीसँग कुनै छलफल नगरेकी थिइन् । ‘दर्ता चलानी शाखामा शुल्क तिरेर मात्र सदस्यता नवीकरण हुँदैन,’ ओलीले भने ।

    उनले थपे, ‘उहाँले पार्टी केन्द्रीय कार्यालयका कर्मचारी झुक्याएर पार्टी सदस्यता नवीकरण गर्नु भएको हो ।’

    ओलीले राष्ट्रपतिको कार्यकाल सकेर फर्केपछि भण्डारीले पार्टीभित्र चुनाव हारेका र असन्तुष्टहरूमाझ आधारित समूह बनाएर गतिविधि थालेको आरोप पनि लगाए ।

    oli 5

    प्रतिक्रिया दिनुहोस्
    images
    images