images
images
  • प्रचण्डप्रति असन्तुष्ट शर्मा–कार्कीको नेतृत्व परिवर्तनमा जोड, सन्तुलन मिलाउन सकस

    काठमाडौं– प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र)भित्र कार्यविभाजन टुंगो नलाग्दा पदाधिकारी बैठक नै प्रभावित भएको छ ।

    गत जेठमा माओवादीसँग एकता गरेको नेकपा समाजवादी (गंगानारायण श्रेष्ठ समूह)का नेता–कार्यकर्तालाई जनवर्गीय संगठन, मोर्चा, भूगोल र विभागमा कहाँ जिम्मेवारी दिने भन्ने विषयमा अझै सहमति बनेको छैन ।

    प्रवक्ता अग्निप्रसाद सापकोटाले सन्तुलन मिलाउने गरी छलफल भइरहेको र छिट्टै टुंग्याइने बताए ।

    तर, कार्यविभाजन ढिलाइले असन्तुष्टि बढेको छ ।

    उपमहासचिव जनार्दन शर्माले प्रदेश इन्चार्ज हेरफेरलगायत विषयमा पहिलेदेखि नै असहमति जनाउँदै आएका छन् ।

    हाल भने उनले नेतृत्वको कार्यशैलीप्रति नै प्रश्न उठाएका छन् ।

    उपाध्यक्ष पम्पा भुसालले पदाधिकारी बैठक नबस्नु अन्य कारणका कारण भएको दाबी गरिन् ।

    सचिव राम कार्कीले जनतामाझैँ पार्टी नेतृत्वको शैली परिवर्तन गर्नुपर्ने आवाज उठेको बताए ।

    माओवादी प्रवक्ता सापकोटाले एक–दुई दिनमै कार्यविभाजन टुंग्याएर पदाधिकारी बैठक बस्ने जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images