काठमाडौं– समाजवादी मोर्चाले भारत–चीनबीच नेपालको लिपुलेक नाका प्रयोग गर्ने भएको छ ।
नाका सहमतिको विरोधमा औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले जानकारी दिए ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा सम्मिलित मोर्चाले संयुक्त विज्ञप्ति जारी गर्ने तयारी गरेको उनले बताए ।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार विभिन्न फोरममार्फत नेताहरूले विरोध जनाइसके पनि अब मोर्चाकै तर्फबाट साझा धारणा आउनेछ ।
उनका अनुसार आज साँझसम्म विज्ञप्ति सार्वजनिक हुने सम्भावना छ ।
नेताहरूले भारत–चीन सहमति नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप भएको भन्दै सत्तापक्ष–प्रतिपक्ष सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
केही बेरमा माओवादी अध्यक्ष प्रचण्ड, एसका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव र नेसपाका अध्यक्ष महिन्द्रराय यादव भेटवार्ता गर्दैछन् ।























